गुल्मी । दुई दिन अघि मात्र दुई दर्जन बढि घर र त्यति नै संख्यामा गोठ जलेर क्षति ब्यहोरेको गुल्मीको इस्मा गाउँपालिकामा आज सोमबार थप दुईवटा घर र एउटा गोठ जलेर अर्को क्षति ब्यहोरेको छ।
इस्मा–६ को बुल्म स्थित मोटे कुमालका दुई भाइ छोराहरुको दुई वटा घर र एउटा गोठ जलेर नष्ट भएको जिल्ला समन्वय समिति सदस्य तथा स्थानीयवासी सुनिता जिसिले जानकारी दिए।
उनी सहित उद्धार कार्यमा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, वडाध्यक्ष ढाल बहादुर कुँवर, अन्य जनप्रतिनिधि , अस्थायी प्रहरी पोष्ट धनार्जेको प्रहरी र स्थानीयवासी जुटेर थप घर जल्नबाट बचाएका छ्न।
बैशाख ८ गते जिल्लाभर ४१ वटा घर जलेको मध्ये इस्मा मात्रै २५ वटा घर जलेर पुर्णरुपमा क्षति भएका थियो । अब इस्मामा क्षति हुने घर संख्या २७ पुगेको छ ।
प्रतिक्रिया