गुल्मी । गुल्मीमा सात वर्षपछि दोश्रो ठूलो आगोलागीको घटना भएको छ । यसअघि २०७३ साल बैशाख १८ गते जिल्लाको मुसिकोट नगरपालिका ३ र ४ को तल्लो र उपल्लो दजाकोटमा भिषण आगलागीबाट ५७ घर जलेर पूर्ण रुपमा क्षति भएको थियो ।
एक जनाको मृत्यु भएको थियो । दजाकोटका समाज सेवी हरिप्रसाद छन्त्यालका अनुसार ७० वटा गोठ जलेका थिए । ३७ वटा शौचालय, दर्जनौं पशु चौपायफ करिब सयको हाराहारीमा कुख्रा परेवा मरेका थिए । त्यसयता २०८१ बैशाख ८ गते दोश्रो ठूलो आगलोगिको घटना गुल्मीमा घटेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी शंकर पोखरेलका अनुसार बैशाख ८ गतेको आगोलागिबाट जिल्ला भर ४१ वटा घर, ४८ वटा गोठ जलेर पूर्ण रुपमा क्षति भएको छ । ८३ वटा पशु चौपाय मरेका छन् । ८ वटा घाईते भएका छन् । एउटा टयाक्टर, २ वटा कुटानीपिसानी मिल, एउटा मन्दिर र दुई वटा पसल जलेर नष्ट भएका छन् । सबै भन्दा ठूलो क्षति इस्मा गाउँपालिकामा भएको छ । इस्मा गाउँपालिका-१ को उजुङ, २ को सिदुङखा, फेदिया हाँडीखोला, वडा नम्बर ४ को कोटकटेरी, मुडकिनासहित कुल २५ घर पूर्ण रुपमा जलेर क्षति भएको छ । १६ घरमा आंशिक क्षति भएको छ । प्राकृतिक प्रकोपबाट इस्मा गाउँपालिकाले ४ वर्ष नपुग्दै अर्को ठूलो क्षति ब्यहोरेको हो । २०७७ असार १८ गते अविरल वर्षाका कारण आएको बाढी पहिरोले वडा नम्बर-१, २ र ४ को ढाँडा जुकेपानी, न्वाला, मल्दी, उपल्लो फाँटका दर्जनौ घर गोठ बाढीले बगाएर क्षति भएको थियो ।
एक जनाको मृत्यु भएको थियो । दर्जनौ पशु चौपाय मरेका थिए । त्यति बेलाको प्राकृतिक प्रकोपबाट पीडितहरुले खासै राहत पाउन नसकेको गुनासो आईरहेकै बेला बैशाख ८ को अर्को प्राकृतिक प्रकोपका पीडितहरुले के कस्तो राहत पाउने हुन त्यो भने हेर्न बाँकी छ ।
इस्मा गाउँपालिकाले विज्ञप्ती निकालेर राहत एकद्वार प्राणीबाट वितरण गर्ने भनेको छ । प्रारम्भिक राहतका रुपमा खाद्यन्न वितरण गरेको छ । नेपाल रेडक्रस सोईसाईटीले पनि खाद्यन्न कपडा लत्ता वितरण गरेको छ । अग्नी पीडितहरुमा सबै भन्दा ठूलो अभाव खानेपानी रहेको छ । त्यस पालिका उपाध्यक्ष पार्वती कुँवर आईतबार विहानै वडा नम्बर १ र २ को खानेपानी व्यस्थापनमा खटेको बताउँदै थिईन् ।
पालिका अध्यक्ष भगतसिंख खड्काले एकद्वार प्रणालीबाट राहत वितरण गरौं भनेर सबैसँग आग्रह गरे पनि उल्लघंन गरिएकोप्रति आईतबार सर्वदलीय बैठक राखिएको बताए ।
इस्मा गाउँपालिकाभरका अग्नी पीडितहरुलाई क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री गोकणराज बिष्टले प्रारम्भिक राहतका रुपमा सबै प्रकारका खाद्यन्न, भाँडा कुँडा र ओडने ओछ्याने कपडा लत्ता पठाएका छन् । उक्त राहत सामग्री इस्मा गाउँपालिकाका पूर्व पालिका अध्यक्ष लक्ष्मण बिष्ट, उपाध्यक्ष बिमला खत्री, नेकपा एमालेका जिल्ला पार्टी सचिवालय सदस्य हिरा एसी, इस्मा गाउँ कमिटी अध्यक्ष राजेन्द्रविक्रम कुँवर, वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर बस्नेत, एमाले वडा नम्बर ४ का सह ईन्चार्ज चुराबहादुर बिष्ट, वडा कमिटी अध्यक्ष बिष्णु सुनार लगायत सबै टोलमा पुगेर वितरण गरेका छन् ।
नेता बिष्टले सबै अग्नी पीडितहरुको घर निर्माण गरिदिने प्रतिबद्धता जनाएको त्यस पालिका पुर्व उपाध्यक्ष बिमला खत्रीले जानकारी दिईन् । वडा सदस्य सिता बिक र समाज सेवी भिमकान्त खनालले खानेपानीको अभावपुर्तिका लागि पाईप जडानको काम भईरहेको, बसोबासका लागि खाली घरहरुमा राख्ने काम भईरहेको बताए ।
इस्मासहित जिल्लाभरका अग्नी पीडितहरुको राहत र उद्धारमा विगतमा दजाकोटमा जस्तै, देश विदेश सबैतिरबाट राहत उपलब्ध गराउन सक्रियता देखाउन पर्ने आवश्यक छ ।
प्रतिक्रिया