ताजा अपडेट »

बम्घा–रूपन्देही सम्पर्क समाजद्वारा रक्तदान सम्पन्न

आइतबार, ०९ बैशाख २०८१, ११ : ०८
102 Shares
आइतबार, ०९ बैशाख २०८१
102 Shares

बुटवल । गुल्मी बम्घा– रूपन्देही सम्पर्क समाजले शनिबार नववर्ष २०८१ को शुभकामना आदान–प्रदानसँगै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको थियो । संकलित सो रगत ब्लड बैंक बुटवललाई  हस्तान्तरण गरिएको रक्तदान कार्यक्रमका संयोजक राजु ज्ञवालीले बताए ।

सो अवसरमा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारीलगायत ३५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमअघि नववर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो  । सो अवसरमा नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका अध्यक्ष कृष्ण चौहानले रगत दान गरेर अरूको जीवन बचाउनु सबैभन्दा महान् र पवित्र कार्य भएको बताए ।

सो अवसरमा समाजका पूर्व अध्यक्ष देवी गिरी,बलेटक्सार रूपन्देही सम्पर्क समाजका पूर्व अध्यक्ष हेम थापा, बम्घा सम्पर्क समाजका उपाध्यक्ष रूद्रप्रसाद ज्ञवाली लगायतले बोल्दै सम्पर्क समाजले आगामी दिनमा सामाजिक सेवाभावका कामलाई निरन्तरता दिने बताए। सो कार्यक्रममा सम्पर्क समाजका नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

कार्यक्रम सम्पर्क समाजका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद भण्डारीको सभापतित्व र सचिव प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।