बुटवल । पछिल्लो समय सबैउमेर समुहका युवा युवतीहरुको रोजाईमा रहेको ब्याडमिन्टन खेल देशका हरेक क्षेत्रमा खेलिदैँ आएको छ । खुल्ला ठाउँमा र कबर्डहलहरुमा खेलीने ब्याडमिन्टन खेलको बिकाससँगै यस खेललाई आम दर्शकहरुको रोजाईमा समेत पर्न थालेको छ ।
ब्याडमिन्टन खेलको बिकास र खेलाडी उत्पादन गर्न बुटवलको लाफा समुहले पछिल्ला दिनहरुमा ब्याडमिन्टन खेलको विकासगर्ने खेलाडीहरुलाई व्यवसायीक बनाउने उदेश्यले बिभीन्नतहका खेलाडीहरुलाई क्लबमा अनुबन्धन गराएको छ । शनिवार क्लबकोहल सुख्खानगरमा आयोजित खेलाडी छनोट प्रतियोगितामा रुपन्देहीका बिभीन्न क्षेत्रका १९ जना खेलाडीले भाग लिएका थिए ।
ब्याडमिन्टन खेल्ने चाहान हुँदा हुँदै बिभीन्न कारणले खेलजिवनलाई अगाडी लैजान नसकेका खेलमा रुचीरहेका उदयमान खेलाडीहरु बिच प्रतिसप्रर्धा गराउँदै खेलाडी छनोट गरीएको थियो । लाफा समुह बुटबलका अध्यक्ष बबिन थापाले ब्याडमिन्टन खेलाडी उत्पादन र खेलको बिकास र्गन खेलाडी छनोट कार्यक्रम राखीएको बताए ।
बिभिन्न कारणले खेलाडीहरु लामो समय एकैठाउँमा नरहने भएकाले खेलाडीको अभाब नहोस र नया नया खेलाडीहरुले आफनो खेल कला देखाउने अवसर पाउन भनेर ए बि सी लेवल समुह अनुसार खेलाडी छनोट गरीएको बताए । खेलाडी छनोट कार्यक्रममा रुपन्देही जिल्ला का १९ खेलाडीले भाग लिएकोमा १३ जना खेलाडी छनोटमा पर्ने सफल भएको अध्यक्ष थापाको बताए ।
प्रतिष्पर्धाबाट छनोटमा परेका खेलाडीहरुलाई क्लबले निःशुल्क प्रशिक्षण व्यवस्थागर्ने र खेल खेल्न चाहिने खेलको स्तर अनुसार रयाकेटको ब्यवथा र्गने, खेलाडीलाई कक, जुत्ता ड्रेस हल नि: शुल्क उपल्बध गराउने छ ।यसरी क्लबमा छनोटमा परेका खेलाडीहरुलाई प्रतियोगितामा भाग दिन जाँदा लाग्ने सम्पूर्ण ख्रर्च समेत क्लबले र्गने सल्लाहाकार बासुदेब लामिछानेले बताए ।
प्रतिक्रिया