बुटवल । एसीसी प्रिमियर कपको उपाधिका लागि फाइनल प्रवेश गर्न नेपालले आज यूएईसँग प्रतिष्पर्धा गर्दै छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक भने सेमिफाइनलमा नै भिड्न लागेका हुन् ।
ओमानमा जारी प्रतियोगिता अन्तरगत आज विहान ११ः४५ बजेदेखि खेल सुरु हुने छ । नेपाल अपराजित यात्रा कायम राख्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह ‘बी’ को उपविजेता हो । यसैगरी आजनै समूह ए को उपविजेता हङकङ र समूह बी को विजेता ओमानले दिउँसो ४ः१५ बजे फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दै छन् ।
यो प्रतियोगिताको विजेताले एसिया कपमा सहभागी हुन पाउने छ । शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । गत सिजनमा प्रतियोगिताको विजेता बन्दै नेपालले एसिया कप खेलेको थियो ।
प्रतिक्रिया