ताजा अपडेट »

मधेश प्रदेशमा सरकार विस्तार, को को बने मन्त्री ?

विहीबार, ०६ बैशाख २०८१, १६ : २४
110 Shares
विहीबार, ०६ बैशाख २०८१
110 Shares

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री सामेल गर्दै सरकार विस्तार गरेका हुन् ।  माओवादीबाट भरतप्रसाद साह र युवराज भट्टराई मन्त्री बनेका छन् भने एकीकृत समाजवादीबाट बेची लुंगेली मन्त्री बनेका छन् । उनीहरुको आजै शपथ गराउने तयारी भएको छ ।

यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ भने राज्यमन्त्री रहबर अन्सारीलाई समेत फिर्ता बोलाइएको छ । मधेस प्रदेशमा समा जसपाले मुख्यमन्त्रीसहित ४, एमालेले ४, एकीकृत र माओवादी केन्द्रले २-२ मन्त्रालय पाएका छन् ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।