ताजा अपडेट »

संघीय संसदको हिउँदे अधिवेशनको अन्त्य

आइतबार, ०२ बैशाख २०८१, १२ : २०
88 Shares
आइतबार, ०२ बैशाख २०८१
88 Shares

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।  सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भएपनि प्रर्याप्य हुन नसकेको बताएका छन् । 

उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको बताए ।यो हिउदे अधिवेसन गत माघ २२ गते देखि शुरु भएको थियो । ७० दिन चालु रहेको यो अधिवेसन २३ पटक बसेको बैठक ८१ घण्टा र ५५ मिनेटसम्म बसेको थियो । यस अधिवेशनमा जम्मा तीन विधेयक पारित भएको सभामुख घिमिरेले जानकारी दिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।