बुटवल । ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप २०२४ मा घरेलु टोली ओमान र युएईले विजयी सुरुवात गरेका छन् । समूह चरणको खेल अन्तरगत समूह ‘बी’मा रहेको ओमानले बहराइनलाई ३ रनले पराजित गरेको हो भने यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको छ ।
ओमानले दिएको १७८ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो । यसैगरी आजै भएको अर्को खेलमा कुवेतले दिएको १७९ रनको बलियो लक्ष्य युएईले १७.३ ओभरमै ३ विकेट मात्र गुमाएर भेटाउन सफल रह्यो ।
प्रतियोगितामा आज नै थप दुई खेल हुँदै छन् । नेपाली समय अनुसार ४ः१५ बजे नेपाल र मलेसिया भिड्दा कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
प्रतिक्रिया