बुटवल । द हिमांशु डिजाइनर रनवे शो शिजन–४ को बिजेता बुटवलको सोनि गुरुङ बनेकी छिन् । फेसन डिजाइनमा महिलाहरुलाई क्षमता अभिबृद्धि गराउने उद्धेश्यले २०२१ देखि हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा यो शो सुरु भएको हो।
बुटवलमा सम्पन्न चौथो संस्करणको डिजाइनर रनवे शो गुरुङले जितेकी हुन् । जितसँगै उनले इन्ड्रस्ट्रियल स्विङ मेशिन, आकर्षक ग्रिफ्ट र प्रमाणपत्र पाएकी छिन् । साथै स्टुडेण्ड अफ द इअर अप्सरा अनसारी, इन्टरनेशल प्रतिभा जिसि केसी, क्रियटिभ अफ द इअर राजकुमारी यादव भएको अध्यक्ष पेग्नीले बताइन् ।
यस्तै प्रतियोगितामा फस्ट रनर अप रुपन्देहीकी मनिषा चौहान मगर, सेकेण्ड रनर अफ सविना थापा, र्थड रनर अप अस्मिता उपाध्याय, फोथ रनर अफ ममता चौधरी, फिप्थ रनर अप रचना बस्याल, सिक्स रनर अप बन्दना राना र राजकुमारी गुरुङ भएको हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष हिरा पेग्नीले जानकारी दिइन् ।
सो रनवे प्रतियोगितामा प्रतियोगिहरुले पास्नी ड्रेस, रिसेपशन पार्टी ड्रेस, बेवि पार्टी वेयर मार्फत प्रतिभा देखाएका थिए । विजेताहरुलाई घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष गणेशप्रसाद अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको निर्णायकको रुपमा अमृता थापा, मन्जेस गिरि, जितु छन्त्याल, आशा कुमारी पचभैया र अमृता थापा मगर रहेका थिए । प्रतियोगितामा रुपन्देही नवलपरासी, कपिलबस्तु, पाल्पा र प्युठान जिल्लाबाट गरी १३ जना प्रतिस्पर्धीले भाग लिएका थिए ।
प्रतिक्रिया