ताजा अपडेट »

बालेनको व्यंग्य- अरुलाई के भनम, म आफै खराब छु !

मंगलबार, २७ चैत्र २०८०, २२ : २७
76 Shares
मंगलबार, २७ चैत्र २०८०
76 Shares

काठमाडौं ।  काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन् । 

उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ । 

उनले लेखेका छन्-

म राजा हुँदा, लोकतन्त्र चाहियो भन्छु,
राजा खराब भो,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु,
जनतन्त्र हराम भो,
म जनता हुँदा नेता बन्न खोज्छु,
नेता बन्दा जनता लडाउछु,
कम्जोर हुँदा बलियो लाई रोज्छु,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम, म आफै खराब छु !!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।