ताजा अपडेट »

गोरखादेखि बुटवल जितगढीका लागि नेपाली सेनाको पदयात्रा शुरु

मंगलबार, २७ चैत्र २०८०, २२ : १८
250 Shares
मंगलबार, २७ चैत्र २०८०
250 Shares

काठमाडौं । ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाले दोस्रो गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ ।

पश्चिम पृतनापति उपरथी सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गरेको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका हुन् ।

करिव २०७ कि.मि. दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर २०८० वैशाख ०७ गते विजय उत्सव समारोहका साथ समापन  हुनेछ । 

नेपाली सेनाले पौष २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा-काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।