ताजा अपडेट »

आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले दल सम्बन्धी विधेयक पेश गर्दै

मंगलबार, २७ चैत्र २०८०, ०६ : ३७
124 Shares
मंगलबार, २७ चैत्र २०८०
124 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधानमाथि सदनमा छलफल गरियोस र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उप प्रधानमन्त्री एवमं गृह मन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयकमाथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन 

साथै, उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युतीय ब्यापार विधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।