काठमाडौं । नेपाली क्रिकेट टिमसँग टी-२० विश्वकपको अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ए टिम नेपाल आउने भएको छ। आइसिसी पुरुष टी-२० वर्ल्ड कपको अभ्यासका रूपमा दुबै टिमले नेपालमा पाँच खेल खेल्नेछन्।
वेस्ट इन्डिजको टिम पहिलो पटक नेपाल आउन लागेको हो। वेस्ट इन्डिज र नेपाली टिमबीचको खेल टियू क्रिकेट मैदानमा हुनेछ। नेपाल र वेस्ट इन्डिजको टिमबीच सन् २०२३ मा आइसिसी वर्ल्ड कप क्वालिफायर खेल भएको थियो। सो खेल वेस्ट इन्डिजले एक सय एक रनले नेपाललाई पराजित गरेको थियो।
आइसिसी टी-२० विश्वकपमा नेपाल ग्रुप डीमा छ भने वेस्ट इन्डिज ग्रुप सी मा छ। नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल अप्रिल २७ मा एक बजे हुँदैछ।
प्रतिक्रिया