काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नि सापकोटाले पार्टी निकट पत्रकारहरुलाई अहिलेको परिवर्तनको रक्षा गर्ने गरि दरिलोसँग कलम चलाउन निर्देशन दिएका छ्न। आईतबार काठमाडौको पेरिसडाँडामा आयोजित प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै नेता सापकोटाले यस्तो निर्देशन दिएका हुन् ।
प्रेस सेन्टर नेपालको फ्याक्सन इन्चार्ज समेत रहनु भएका सापकोटाले परिवर्तनका मुख्य तीन आधार स्तम्भ गणतन्त्र, संघियता र धर्म निरपेक्षताको रक्षा गर्ने गरि प्रेस सङ्गठनले कलम चलाउनु पर्ने बताए । अहिलेको परिवतनको सम्बाहक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री लगायतका नेताहरु माथी घेराबन्दी भइरहेको भन्दै त्यस विरुद्ध पनि शसक्त ढङ्गले कलम चलाउन जोड दिए । निराशा फैलिएर पपुलिजम क्यास गर्ने प्रवृत्ति बढे पनि त्यो पानीको फोका झै विलाई जाने नेता सापकोटाको जिकिर थियो ।
कार्यक्रममा पार्टिको स्थाई कमिटी सदस्य तथा संचार, सुचना प्रबिधि मन्त्री रेखा शर्मा ले भन्नू भयो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डज्यु भ्रष्टाचारको अखाडा तोड्दै मुलुकमा सुशासन , समृद्धि र सामाजिक न्याय स्थापन गर्न लागि परेको सोही अनुसार आफ्नो मन्त्रालय पनि अगाडी बढेको छ । अर्को प्रशङ्गमा मन्त्री शर्माले आफ्नो पार्टी बाम आन्दोलनलाई ध्रुवीकरण गर्ने, नयाँ सहकार्य गर्दै समाजवादी मोर्चालाई बलियो बनाउन प्रतिबद्ध रहेको बताए ।
बैठकमा सेन्टरका संस्थापक अध्यक्ष तथा सह इन्चार्ज महेश्वर दाहाल, पुर्व अध्यक्ष तथा प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द आचार्य , संस्थापकहरु बलराम थापा , सङ्गिता खड्का लगातको विशेष आतिथ्यता रहेको थियो । बैठकमा सबै प्रदेशका अध्यक्ष हरुले रिपोर्टिङ गरेका थिए । त्य्स्स्तै उपाध्यक्ष तथा प्रदेश इन्चार्जहरुले धारणा राखेका थिए ।
बैठकमा प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटाले सुरु मै बैठकको एजेन्डा प्रस्ताव पेस गरि हलले पास गरेको थियो । बैठकमा पत्रकार महासंघको आशन्न अधिवेशनमा प्रेस सेन्टरको भुमिका , बिचार मोल्नेहरुसँग पत्रकारहरुको साखा मोर्चा , विधान संशोधन लगायत मुख्य एजेन्डा थिए । अध्यक्ष सापकोटाको अध्यक्षता सप्पन्न बैठक महासचिव सन्तोष पौडेलले गर्नु भएको थियो ।
प्रतिक्रिया