ताजा अपडेट »

स्टेफेनको शतकमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २८५ रनको लक्ष्य

आइतबार, २५ चैत्र २०८०, १३ : १८
92 Shares
आइतबार, २५ चैत्र २०८०
92 Shares

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।