ताजा अपडेट »

गुजराद विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, ४ खेलाडी परिवर्तन

आइतबार, २५ चैत्र २०८०, १३ : ११
146 Shares
आइतबार, २५ चैत्र २०८०
146 Shares

बुटवल । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप म्याचको उपाधि प्रतिस्पर्धामा गुजरादविरुद्ध पहिले ब्याटिङ गर्दै छ । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको टोलीले टस जितेर ब्याटिङ रोजेको हो।

सिरिजको फाइनल खेलमा नेपाली टिममा अघिल्लो खेल खेलेका चार खेलाडी परिवर्तन गरिएको छ । जसमा आकास चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल साह टिममा छैनन्। खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेख टिममा फर्किएका छन्।

नेपाली टिम : रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी,  करण केसी, गुल्सन झा, अभिनास बोहरा।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।