ताजा अपडेट »

कांग्रेसले शर्मा र साउदलाई बनायो उपनिर्वाचन संयोजक

आइतबार, २५ चैत्र २०८०, १२ : १९
122 Shares
आइतबार, २५ चैत्र २०८०
122 Shares

काठमाडौं । नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।

कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ्य । कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

त्यस्तै इलाममा उम्मेदवार बनेका खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस जिल्ला सभापति समेत हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।