ताजा अपडेट »

ठूलो परिमाणमा लागूऔषधसहित २ युवा पक्राउ

शनिबार, २४ चैत्र २०८०, १८ : ३२
122 Shares
शनिबार, २४ चैत्र २०८०
122 Shares

सर्लाही । सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका  १ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तीन हजार ट्याब्लेट सहित  हरिवन नगरपालिका-७ चिताइनका २८ वर्षीय पिन्टुकुमार गुप्ता र ३० वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा  प्रहरीले ज ४ प ५१३६ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध नाइट्राभेट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

आरोपीहरुले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट तीन हजार थान  बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन। 

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।