ताजा अपडेट »

उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन गरिँदै

शनिबार, २४ चैत्र २०८०, ०८ : ३०
142 Shares
शनिबार, २४ चैत्र २०८०
142 Shares

काठमाडौं । उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ । आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । 

इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुदैँछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।