कपिल अर्याल/ नेपालको इतिहास लामो छ इतिहासका पाटाहरुले विभिन्न घटनाक्रम स्थापित गर्दै र केही घत लाग्दा इतिहास नामिट पार्दै वर्तमानको भिमकाय परिस्थितिमा ल्याएर टक्क उभाएको छ । इतिहासको भूत, भविष्य र वर्तमान । हरेक इतिहासका पाना पानामा “बा” हरुको भुमिका अभिलेखित छ ।
राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा बा हरुको भुमिका स्मरण गर्न लायक छ किन्तु विश्लेषणको सिद्धान्तले “बा” हरुले बिराएको बाटो उत्ति नै आजको वर्तमान परिवेशसँग दाज्दा विवेचना गर्न उपयुक्त लाग्छ जस्तो अनुभुति हुन्छ । यो ७० वर्षिय नेपाली समाजलाई एक अध्यारो भिडमा बसेर घटनाक्रम कोट्याँउदा “बा” हरुका कमजोरीका थाङहरु प्रशस्त भेटिएका छन ।
प्रजातान्त्रिक युगिन समय २००७ साललाई मान्ने गरिन्छ । तर प्रजातन्त्रको उदय हुँदै गर्दा त्रिभुवन बा भागेर दिल्ली जानु र दिल्ली कै आदेशमा प्रजातन्त्र प्राप्त हुनु ‘बा’ हरुले बिराएको बाटो भन्न सक्नुपर्छ । २००७ साल अगाढीका इतिहासका कथ्यहरुमा बा हरुको चर्चा नगर्दा उपयुक्त होला किनकी ‘बा’हरु त्यो प्रारम्भिक काल र मध्यकालमा पनि अछुतो रहेका थिएनन । बा शब्दले बहुवाचन शब्द भण्डारको भुमिका निर्भाह गर्दछ तर इतिहासको पाटोबाट समेट्दा थुप्रै ‘बा’ हरु जोडिने हुँदा लेखकले बाटो बिराउँने ‘बा’ र बाटो नबिराउँने बिचको तुलनात्मक अवस्थालाई न्याय दिलाउँन कोसिश गरेको छ । ‘बा’ हरुको समयको बेला ‘बा’ हरुको शिक्षादिक्षा र श्रमको केन्द्र भारत हुने गर्दथ्यो अहिले परिवेश त फेरिएको तर राजनीतिक चिन्तन व्यवस्थापनको मनस्थिती भनै उही नै छ ।
नेहरु विश्वविद्यालयमा अध्ययन गरेका डा. बाबुराम भट्टराई ‘बा’ ले चाबी दिल्ली मै रहेछ भन्ने कुरा सुुन्दा अनौठो मान्ने विषय नै रहेन । बि.पी ‘बा’ भारतिय स्वतन्त्रता संग्रामसंगै भारतमै राजनीतिक रुपले दिक्षित भए भारतमै बसेर नेपालमा प्रजातन्त्रको आन्दोलन चलाए । प्रचण्ड ‘बा’ दश वर्षे जनयुद्ध दिल्लीकै इसारामा रहेर जनयुद्ध संचालन गरेको कुरा ‘बा’ भन्न नमिल्ने सुधिर शर्माको प्रयोगाशाला वा दिल्ली का अर्का पराई “बा” आर .के यादव ले उल्लेख गरेका छन । फिलहाल घोडा र तबेला को विषय पनी हाम्रा “बा” हरुले राजनीतिक रुपमा मुल्याङ्खन गर्नु पर्ने छ । नेपालमा अर्का लाल कमरेड ‘बा’ हरुको पनि चर्चा गर्न उपयुक्त हुन्छ । कोहि चिनिया त कोही के जे होस यहाँ परस्त र अपरस्त ‘बा’ हरुको कमि छैन ।
पुष्पलाल “बा” ले बहुराष्ट्रिय देश भन्दा कत्रो बबाल मच्चीयो । मोहन बिक्रम ‘बा’ हरु पाखुरा सुरकाएर गद्धार पुष्पलाल भन्न सम्म भ्याय । वर्तमान मा के.पी, प्रचण्ड र माधव ‘बा’ को राजनीतिक दोहोरी देशब्यापी नै परिचित छ । अहिले सुन तस्कर, सुरा सुन्दरी काण्ड र भ्रष्ट ‘बा’ हरुका चर्चा परिचर्चा ब्याप्त विकसित भएका छन । ‘बा’ हरुले कोशी, गण्डकी, महाकाली, सुस्ता कालापानी दिल्ली रिझाउन र सत्तामा पुग्नकै लागि त्वम शरणम्को नीति अनुरुप जनता र राष्ट्रका मुल्य विपरित कार्यमा अग्रसरता कायम राखे त्यसैले ‘बा’ हरुले बाटो बिराए भन्न सहजै सकिन्छ । सादगी जिवनका नेता राजनीतिक क्रमी नै होइनन भन्ने भाष्य निर्माण गरेर किसुन जी, गणेशमान जस्ता नेतालाई गिरीजा ‘बा’ ले पाखा लगाए । बामपन्थ राजनीति भित्र मनमोहन अधिकारी ‘बा’ बृृद्ध भत्ताका सर्जक कर्ता भएका कारण र सादगी जिवनका कारण धन्न अपहेलित हुन परेन । सादगी जिवनका शुशिल कोइराला ‘बा’ धन्न परिवारवादको अवशेषका कारणअबसर पाए तर संविधान घोषणा पश्चात उनलाई पनि दिल्लीको सत्रुको रुपमा हेर्न थालियो ।
२०१७ साल पश्चात महेन्द्र ‘बा’ ले सत्ता हातलिएपछि पञ्चाएत सुधारका लागि उल्लेखनिय काम गरे पनि महेन्द्र ‘बा’ दिल्ली, पश्चिमा र बेजिङ बिच सम्बन्ध सन्तुलित राख्ने नाममा राष्ट्रको स्वाधिनतामा खस्कीन पर्यो । राजा बिरेन्द्र ‘बा’ प्रजातन्त्र र उदारवादको नयाँ खुट्किलो चिन्न नसक्दा दिल्लीको चक्रब्युमा फस्न बाध्य भए र कटु सत्रुता हावि रहयो । २०६२/२०६२ पछी ‘बा’हरुले सत्ता नै विदेशीलाई सुम्पिनु किमार्थ सहि थिएन । इतिहासदेखि वर्तमान मात्र होइन भविष्यसम्म ‘बा’ हरुले राष्टिय मामिलाका विषयमा गम्भीर हुन आवशयक छ ।
एमसिसि, बिआरआई, आईपिएस लगायत दजनौं अन्तराष्ट्रिय विषयमा के.पी ‘बा’ शेर बहादुर ‘बा’ र प्रचण्ड ‘बा’ मुच्छीसकेका छन । राष्ट्रहित वा अहित आम राजनीतिक ,सामाजिक ,प्राज्ञिक , बौद्धिक अथवा चेत युक्त बा हरुले अचेतन आम नागरिकलाई बुझाउन जरुर छ । अन्तयमा राष्ट्रको अहितमा पक्षपोषण गर्ने हरेक ‘बा’ हरुले राजनीतिक रुपमा विश्राम लिनुपर्छ र राष्ट्रको पक्षमा उभिने ‘बा’ हरुलाई अबसर प्रदान गर्नु पर्छ ।
अझै अहिले त युवा पिडीको राजनीतिक मोह विकसित भएको छ । उनीहरुलाई ‘बा’ हरुले राम्रोे अर्ति उपदेश दिनु पर्नेमा ‘बा’स्वयमहरु विवादमा उल्झिएका छन् । तसर्थ अब बाटो बिराउँने छुट ‘बा’ हरुलाई छैन् । राष्ट्रिय हित उपर ‘बा’ हरु एक ठाउँमा उभिनु पर्दछ र देशको भलो हुनेछ ।
प्रतिक्रिया