ताजा अपडेट »

गोरखा दरबारमा क्वार्ज क्रिष्टल प्रतिस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

शुक्रबार, २३ चैत्र २०८०, १० : ४४
124 Shares
शुक्रबार, २३ चैत्र २०८०
124 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्।  बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्।

उनी मध्यान्ह १२ बजे गोरखा पुग्ने नगरपालिकाकी उपप्रमुख मसलीमाया थाेकरले जानकारी दिइन्।  गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो।

त्यही क्वाज क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजासहित बजार परिक्रमा गराउँदै दरबार लैजाने कार्यक्रम रहेको गोरखा नगरपालिकाले जनाएको छ। त्यसका लागि नगरपालिकाले सबैलाई उपस्थित हुनका लागि आग्रह जारी गरेको छ। प्रचण्ड गोरखाका जनप्रतिनिधि समेत हुन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।