बुटवल । अभ्यासका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बरुडासँग खेलदै छ । एसएमएस फ्रेन्डसिप कपको फाइनल प्रवेश गरिसकेको नेपालले आज चौथो खेलमा पनि लगातार जित दर्ता गर्ने दाउमा हुने छ।खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे सुरु हुने छ ।
तेस्रो खेलमा गुजरात माथि ८ रनको जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा ४ खेल खेलेको गुजरात २ मा जित र २ मा हारसहित ४ अंक बटुलेर फाइनल प्रवेश गरेको छ भने नेपालले ३ खेलबाट सबैमा जित दर्ता गरि ६ अंक बटुलेर १ खेल अगाबै फाइनल प्रवेश गरेको छ । यसैगरी बरुडाले अहिलेसम्म खेलेका ३ वटै खेलमा पराजित भएको छ ।
नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
प्रतिक्रिया