ताजा अपडेट »

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

विहीबार, २२ चैत्र २०८०, १५ : ०५
68 Shares
विहीबार, २२ चैत्र २०८०
68 Shares

काठमाडौँ । फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ ।जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं. म्यान्मार एक स्थान तल झर्दै १६३औँ बंगलादेश १८४औं,  भुटान १८५औँ पाकिस्तान १९५औं र श्रीलंका २०४ स्थानमा रहेका छन् ।

त्यस्तै फिफा वरियताको शिर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै इङल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा रहेको छ । त्यस्तै पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ भने नेदरल्याण्डस एक स्थान तल झर्दै सातौं स्थानमा रहेको छ । त्यसैगरी स्पेन आठ, इटाली नौं र क्रोसिया १०औं स्थानामा रहेका छन् ।     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।