ताजा अपडेट »

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

विहीबार, २२ चैत्र २०८०, १२ : २३
228 Shares
विहीबार, २२ चैत्र २०८०
228 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह–सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा धेरै छन् ।’ उनले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले गाउँपालिकाको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छन् । ती कमीकमजोरीलाई हटाउँदै जानुपर्छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव श्री प्रसाद गौतमले विकास योजना जोडतोडका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कर्मचारी टीमले उच्च मनोबलका साथ काम गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्वमा ध्यान दिनुपर्ने बताए । रोहिणी-६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

१४ औं गाउँसभाले कार्यपालिकाले चालू आर्थिक वर्षमा हालसम्म पारित गरेका कार्यविधि अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८०र०८१ को १३ औं गाउँसभाबाट पारित योजनारकार्यक्रम संशोधन गरी योजनारकार्यक्रम तथा बजेट थपघट एवं रकमान्तर गरी करार कर्मचारी तथा करार शिक्षकहरुको तलब व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए ।

त्यस्तै गाउँसभाले गत आर्थिक वर्ष तथा दोस्रो चौमासिकको बजेट कार्यान्यवनको प्रगतिको समीक्षा गर्नुको साथै खानेपानी सम्बन्धि ऐन समेत पारित गरेको गौतमले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।