ताजा अपडेट »

टाइगर प्यालेस रिसोर्टका कर्मचारीलाई ट्राफिक सचेतना सम्बन्धी तालिम

बुधबार, २१ चैत्र २०८०, १३ : ०४
68 Shares
बुधबार, २१ चैत्र २०८०
68 Shares

बुटवल । टाइगर प्यालेस रिसोर्टले आफ्ना कर्मचारीहरुलाई ट्राफिक सचेतना सम्बन्धी तालिम दिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ मा रहेको रिसोर्टले मंगलबार आफ्ना कर्मचारीहरुलाई सवारी दुर्घटना न्यूनिकरण तथा सडक सभ्यता अभिवृद्धि सम्बन्धी प्रर्शिक्षण प्रदान गरेको हो । ट्राफिक सचेतना सम्बन्धी तालिम जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बजिर सिंह विष्टले दिएका थिए ।

सो अवरसमा बोल्दै उनले पछिल्लो ट्राफिक नियमको पालना नगर्दा धेरै सवारी दुर्घटना हुने गरेकाले ट्राफिक नियमको पालना गरेमा मात्रै दुर्घटना कम हुने बताए  ।  

नयाँ व्यवस्थापनले आगामी दिनहरुमा  कर्मचारीहरुलाई अझ बढी सूचनामूलक कार्यक्रमहरु निरन्तर रुपमा दिने प्रतिबद्धता मानव शंसाधान विभाग प्रमुख नवराज उपाध्ययले जानकारी दिए ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।