ताजा अपडेट »

पार्टीका अन्य नेताहरु सहकारीमा जोडिनु प्रचारबाजी मात्र हो: गृहमन्त्री लामिछाने

मंगलबार, २० चैत्र २०८०, १४ : १६
122 Shares
मंगलबार, २० चैत्र २०८०
122 Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन् । 

मंगलबार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानले सहकारी लगायतका विषयमा संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्ने बताएका हु्न् ।

उनले सहकारी प्रकरणको संसदीय समिति बनाउन आवश्यक नरहेको बताउदा पार्टीका अन्य नेताहरु सहकारीमा जोडिनु प्रचारबाजी मात्र भएको बताएका छन् । 

मंगलबारको बैठकमा दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।

कांग्रेसले संसदमा लगातार सहकारी प्रकरणको संसदीय छानबिनको माग गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।