ताजा अपडेट »

ऋषव पन्तलाई १९ लाख जरीवाना

सोमबार, १९ चैत्र २०८०, १४ : १७
62 Shares
सोमबार, १९ चैत्र २०८०
62 Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु अर्थात १९ लाख २० बजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको छ । आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना लगाइएको हो । 

पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका छन् । आईपीएलको १७औं सिजनमा दिल्ली क्यापिटल्सले आइतबार पहिलो जित हात पारेको थियो । टोलीले डिफेन्डिङ च्याम्पियन र पहिलो २ खेल जितेको चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको थियो । यो खेलपछि डिसीका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

आईपीएलको यस सिजनमा यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि जरिवाना गरिएको थियो । चेन्नईविरुद्धकै खेलमा गिललाई पनि स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।