ताजा अपडेट »

रोटरी क्लव अफ भैरहवाद्वारा क्रिकेट खेलाडीलाई जर्सी सेट प्रदान

आइतबार, १८ चैत्र २०८०, १२ : ०९
320 Shares
आइतबार, १८ चैत्र २०८०
320 Shares

 

भैरहवा । भैरहवाको सिद्धार्थ रंगशालामा जारी सुपरलिग क्रिकेटमा प्रतिष्पर्धा गरीरहेको तिरुपति क्रिकेट क्लबलाई आईतबार सिद्धार्थ रंगशालामा आयोजित कार्यक्रममा रोटरी क्लव अफ भैरहवाले जसी सेट प्रदान गरेको छ ।

रोटरी क्लव अफ भैरहवाका २३÷२४ अध्यक्ष उमेश चन्द्र आचार्यको जन्म दिनको अवसर पारेर क्लबले  तिरुपति स्पोर्टस क्लवका अध्यक्ष राजकुमार गुप्तालाई जर्सी सेट हस्तान्तरण गरे । रोटरी क्लव अफ भैरहवाले केही अघि तिरुपति क्लवलाई क्रिकेटका खेल सामग्री समेत हस्तान्तरण गरेको अध्यक्ष आचार्यले जनाए ।

तिरुपति स्पोर्टस क्लवले आईतबारको खेलमा रोटरी भैरहवाको नाम उल्लेख भएको जर्सी लगाएर खेल खेलेका छन् । रोटरी भैरहवाका सस्थापक अध्यक्ष समेत रहेका तिरुपतिका अध्यक्ष गुप्ताले एक खेलसंग सम्बद्ध क्लवलाई अर्को सामाजिक क्षेत्रमा क्रियाशिल क्लवले खेल सामग्री प्रदान गरी हौसला प्रदान गर्दा खेल भावना अझै बढेको र खेलाडीमा समेत उत्साह छाएको बताए । सोही अवसरमा खेलक्षेत्रको विकास र खेलाडीको हौसला बृद्धि गर्नका निम्ती क्लबका सदस्यहरूले सिद्दार्थ रंगशाला पुगि खेलाडीहरूसंग परामर्श गरि आगामी दिनहरूमा पनि सहयोग हुने कुरा व्यक्त गरेका छन्।

कार्यक्रममा पब्लिक ईमेज चियर रो। राज कुमार गुप्ता, क्लबका सचिब हरि प्रसाद आचार्य,  निबर्तमान अध्यक्ष रो। पवन पौडेल,  प्रेसिडेन्ट इलेक्ट राम प्रसाद पन्थी, क्लबका कोषाध्यक्ष  दिपक सापकोटा , सर्विस प्रोजेक्ट चियर  सुमन पौडेल लगायत क्लबका सदस्यहरुको सहभागिता रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।