माघ २७,
बिक्रम पाण्डे / ग्लोबल आवाज
सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ डिर्भनामा रहेको ज्ञानप्रकाश माध्यमिक विद्यालयले करिब छ सय जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विद्यालयले ०७६ सालको तिहारको अवसरमा सञ्चालन गरेको देउसी भैलो कार्यक्रममा आर्थिक सहयोग गर्ने करिब ६०० जना सहयोग दातालाई सोमबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य सुर्यबहादुर खनालले कार्यक्रम माथी प्रकाश पारे । प्राचार्य खनालले बिद्यालयलाई सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै अभिभावकको पनि विद्यालय प्रती चासो र जिम्मेवार हुने बताए । उनले विद्यालयको शैक्षिक प्रगतिमा अभिभावकको प्रत्यक्ष भुमिका हुने बताए । सन्धिखर्क नगरपालिका १२ का वडाध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा नेकपाका प्रतिनिधि राम बहादुर विक ,नेपाली कांग्रेस क्षेत्र न १ का सभापति केशबराज कुवर, नेपाली कांग्रेस वार्ड सभापति लिलाधर बस्याल, जनमोर्चाका गोपाल पाण्डे, कृषि विकास बैंकका सन्धिखर्क शाखा प्रमुख चिरन्जिवी बस्याल, सांस्कृतिककर्मी खगिश्वर केसी, चारतारा सहकारीका अध्यक्ष कृष्ण बहादुर खड्का, आईएमई लाईफ ईन्स्योरेन्सका अर्घाखाँची प्रमुख बोम बहादुर क्षेत्री लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा मार्फत आफ्नो गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कासीराम बस्यालको अध्यक्षता, सहायक सह–प्राचार्य दुर्गाप्रसाद बस्यालको स्वागत मन्तव्य तथा शिक्षक दिलामणी बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया