ताजा अपडेट »

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

विहीबार, १५ चैत्र २०८०, १४ : ४८
76 Shares
विहीबार, १५ चैत्र २०८०
76 Shares

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । 

अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबि रहेपनि एकीकृत समाजवादीले दाबि गरेपछि एमालेले छोडेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।