ताजा अपडेट »

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

विहीबार, १५ चैत्र २०८०, १३ : २७
74 Shares
विहीबार, १५ चैत्र २०८०
74 Shares

काठमाडौं । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । 

कान्हेम्यानलाई सन् २००२ मा मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो । 

उनले लेखेको पुस्तक 'थिन्किङ, फास्ट एन्ड स्लो' ले सर्वाधिक बिक्रीको रेकर्ड बनाएको थियो । उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए ।  इजरायली–अमेरिकी नागरिक

कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।