ताजा अपडेट »

अन्ततः क्रिस-४ बन्ने, यही गर्मीबाट सुरू हुने भयो तयारी

बुधबार, १४ चैत्र २०८०, ११ : ५१
132 Shares
बुधबार, १४ चैत्र २०८०
132 Shares

मुम्बइ । ऋतिक रोशनको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु भएको छ ।  यस फ्रेन्चाइजीका पछिल्ला तीन फिल्म, कोई मिल गया, क्रिस र क्रिस ३ सुपरहिट थिए, जसलाई फिल्म निर्माता राकेश रोशनले निर्देशन र निर्माण गरेका थिए। अब रिपोर्टहरू विश्वास गर्ने हो भने राकेश रोशनले यो फ्रेन्चाइजको चौथो फिल्मको तयारी सुरु गरिसकेका छन्, जुन अन्तिम चरणमा छ।

हालैको मिड–डे रिपोर्टका अनुसार ऋतिक रोशनले आफ्ना बुबा राकेश रोशनसँग मिलेर यस गर्मीमा कन्सेप्ट, स्क्रिप्ट र अन्य सेगमेन्टमा काम गर्न थाल्ने भएका छन्। अहिले ऋतिक आफ्नो आगामी फिल्म वार–२ को सुटिङमा व्यस्त छन् । चलचित्रको छायांकन सकिए लगत्तै उनी कृष– ४ को तयारीमा लाग्ने छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिक र राकेश रोशनले यसै वर्ष आइडिया र स्क्रिप्टिङ गर्ने तयारी गरिरहेको बताएको छ । त्यसपछि दुवैले अर्को वर्ष यसको सुटिङ सुरु गर्नेछन् । फ्रेन्चाइजको चौथो फिल्मका लागि अहिले विभिन्न स्क्रिप्ट र आइडिया तयार भइसकेको छ । अब तिनीहरूले सही कथा र विचार छनोट गर्नुपर्छ।

क्रिश फ्रेन्चाइजी २००३ को फिल्म कोई मिल गया बाट सुरु भएको थियो, जसमा प्रीति जिन्टा, ऋतिक रोशन, रेखाले महत्वपूर्ण भूमिका खेलेका थिए। तीन वर्ष पछि फिल्मको स्पिन अफ सिक्वेन्स कृष रिलिज भयो। जसमा कृषको परिचय भयो । यस फिल्ममा ऋतिकले रोहित र कृष्ण (कृष) को दोहोरो भूमिका निभाएका थिए ।

७ वर्षपछि २०१३ मा कृष फ्रेन्चाइजीको तेस्रो फिल्म ‘कृष ३’ रिलिज भयो । अब ११ वर्षपछि कृष–४ को तयारी सुरु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।