ताजा अपडेट »

कोशी सरकारको मन्त्रिपरिषद्को बैठक आज धनकुटामा बस्दै

मंगलबार, १३ चैत्र २०८०, १२ : १६
106 Shares
मंगलबार, १३ चैत्र २०८०
106 Shares

धनकुटा । कोशी प्रदेश सरकारको आज धनकुटामा मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले विगतका सरकारले स्थापना गरेको धनकुटाको सम्पर्क कार्यालय अब नियमित सञ्चालन हुने बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन धनकुटा पुगेका मुख्यमन्त्री कार्की आज धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।