ताजा अपडेट »

वेस्टर्न युनियन मनी ट्रान्सफरको “नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्” अभियान जारी

सोमबार, १२ चैत्र २०८०, २२ : ०३
120 Shares
सोमबार, १२ चैत्र २०८०
120 Shares

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको नयाँ बर्षको शुभ अवसरमा “नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्” अभियान जारी गरेको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ बर्षको उत्सवमा ग्राहकहरुको खुशी बढाउने लक्ष्य सहित यस योजना ल्याएको हो ।  

यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५,००० भन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरु स्वत: रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना नेपालभर चैत १२, २०८० देखि शुरु भइ बैशाख १८, २०८१  सम्म लागू हुनेछ।

यस योजना अन्तर्गत पाँच हप्तासम्म हरेक हप्ता सात जना भाग्यशाली ग्राहकहरुले साप्ताहिक लक्की ड्र मार्फत रु १५,००० रुपैयाँ जित्न सक्नेछन् । अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर ड्र मार्फत १००,००० रुपैयाँ जित्न सक्नेछन्।

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफर २७ वर्षभन्दा बढी समयदेखि नेपालीहरुलाई २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।