ताजा अपडेट »

अभिनेत्री कंगना रनौत राजनितीमा, बिजेपीले बनायो हिमाञ्चलबाट लोकसभाको उम्मेदवार

सोमबार, १२ चैत्र २०८०, ०६ : ००
104 Shares
सोमबार, १२ चैत्र २०८०
104 Shares

चर्चीत बलिउड अभिनेत्री कंगना रनौत भारतस्थित हिमाञ्चल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) को उम्मेदवार बन्ने भएकी छन ।आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौं सूची जारी गरेसंगै  कंगना रनौतलाई हिमाञ्चल प्रदेशको मंडीबाट टिकट दिइएको सार्वजनिक भएको हो ।

टिकट पाएपछि कंगनाले आफ्नो इन्स्टामा पोष्ट सेयर गर्दैे लेखेकी छन, ‘“मेरो प्यारो भारत र भारतीय जनताको आफ्नै पार्टी भारतीय जनता पार्टी (बीजेपी) लाई सधैं मेरो निःशर्त समर्थन रहेकोछ, आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई  मलाई मेरो जन्मभूमि हिमाञ्चल प्रदेश, मंडी (विभाग) बाट लोकसभाको उम्मेदवार बनाएको छ । मलाई लोकसभा चुनाव लडाउने पार्टी उच्च कमाण्डको निर्णयलाई स्वीकार गर्दछु ।”  यससँगै कंगनाले टिकट पाएकोमा खुशी व्यक्त गर्दै, लेखेकी छन, “आधिकारिक रूपमा पार्टीमा सामेल हुन पाउँदा सम्मानित र उत्साहित छु । म एक सक्षम कार्यकर्ता र भरपर्दो जनसेवक बन्ने आशा राखेकीछु, धन्यवाद् ।”

कंगना रनौत पछिल्लो समयकी चर्चीत बलिउड अभिनेत्री हुन । बेलाबेलामा उनि आफ्ना अभिव्यक्तिका कारणले चर्चा तथा बिादमा रमेत आउने गर्दछिन । कंगनाको जन्म हिमाचल प्रदेशको मंडी जिल्लाको सरकाघाटको भाम्बला पञ्चायतको राजपूत परिवारमा भएको थियो । कंगनाले आफ्नो बिद्यालय शिक्षा चण्डीगढको डीएभी स्कूलबाट लिएकी थिइन । उनको परिवारले उनलाई मेडिकल पेसामा पठाउन चाहन्थे तर १६ वर्षको उमेरमा उनी दिल्ली आइन र यहाँको थिएटर ग्रुपमा सामेल भइन उनले ३ पटक राष्ट्रीय फिल्म पुरस्कार र चार पटक फिल्मफेयर पुरस्कार पाएकी छन । कंगनाले पाँच पटक फोब्र्स इंडिया को टॉप १०० सेलिब्रिटी  लिस्टमा स्थान बनाई सकेकी छन । २०१९मा उनलाई मणिकर्निका तथा पंगा चलचित्रका लागि सर्वश्रेष्ठ अभिनेत्रीको एवार्ड दिईएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।