बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ स्थित दीपनगरमा रहेको सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
सहकारीले नेपाली भान्सामा बिषादीको प्रवेश र यसबाट जोखिम कम गर्ने उपाय सम्बन्धी विषय वस्तुमा आधारित रहेर आफ्ना सदस्यहरुलाई प्रशिक्षण दिएको हो ।
पछिल्लो समयमा उपभोक्ताले खरिद गर्ने हरियो तरकारीमा धेरै भन्दा धेरै बिषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकोले यसको रोकथाम गर्नका लागि पनि सर्वप्रथम उपभोक्ताहरु सचेत र सजग हुनका लागि सहकारीले सदस्यहरुलाई तालिम प्रदान गरिएको सहकारीका हो । उक्त कार्यक्रममा प्रशिक्षक हुमाकान्त काफ्लेले हरेक तरकारीमा भएका बिषादीको न्यूनीकरण र समाधानका बारेमा सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा करिब १ सय सदस्यहरुको उपस्थिती रहेको थियो ।
सहकारीका अध्यक्ष सोम खातीले बोल्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत सदस्यहरुलाई सचेतनाका लागि प्रशिक्षण दिएको बताउँदै यो प्रशिक्षणले हरेक सदस्यको घरमा अब उप्रान्त बिषादी नभएको तरकारी भित्रिन सहयोग पुग्ने आफुले विस्वास लिएको बताए । उनले हरेक व्यक्तिको स्वस्थ स्वास्थ्य बनाउन र दीर्घकालीन रुपमा निरोगी बन्नका लागि बिषादीयुक्त तरकारी आवश्यक रहेकोले सम्बन्धित निकायले बेलैमा यसको निगरानी गर्नुपर्ने बताए ।
सहकारीका उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक प्रतिभा पान्डेको अध्यक्षतामा, निशा पाठकको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन सहकारीका सचिव मोहन कुमार पान्डेले गरेका थिए ।
प्रतिक्रिया