माघ २७,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले निजि शैक्षिक संस्थाका विद्यार्थीहरु पनि छात्रवृत्ति प्राप्त गर्ने अधिकारबाट बञ्चित नहुने उल्लेख गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरुले मुलुकको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै मन्त्री गिरीले निजि शिक्षण संस्था सरकारीकरण गरेर नभई सरकारी शिक्षण संस्थाहरुलाई निजि शिक्षण संस्थाहरुसँग प्रतिष्पर्धा गराउन सके मात्रै मुलुको शैक्षिक विकास हुने विश्वास व्यक्त गरे ।
रुपन्देहीको बुटवल ११ कालिकानगरमा अवस्थित न्यू होराईजन आवासिय माध्यमिक विद्यालयको ३० वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै उनले शिक्षालाई सबैको पुहँचमा पुग्ने र व्यवहारिक बनाउन आवश्यक रहेको बताए । कार्यक्रमका अवसरमा बोल्दै विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयले मुलुकमै उत्कृष्ट शैक्षि संस्थाको रुपमा परिचय बनाउन सफल भएपनि उपत्यका बाहिरका विद्यालयहरुलाई दोस्रो दर्जामा राखेर हेर्ने गरिएको गुनासो व्यक्त गर । नीजि विद्यालयहरुलाई हर्ने सरकारको नजर परिवर्तन गर्न आवश्यक रहेको औल्याउँदै उनले मुलुकको शैक्षिक विकासमा निजि विद्यालयहरुले खेलेको भूमिकालाई भुल्न नहुने उल्लेख गरे । विद्यालयको वार्षिकोत्सवका अवसरमा विद्यालयमा ३० वर्ष भन्दा बढी सेवा प्रदान गरेका प्राचार्य लोकनाथ उपाध्याय सहित उपप्राचार्य बालकृष्ण भण्डारी र बिष्णु बस्याललाई गोल्ड मेडल दीर्घ सेवा पदकसहित सम्मान गरिएको छ ।
यसैगरी विद्यालयमा २५ वर्ष बढी सेवा प्रदान गर्ने १३ जना शिक्षक कर्मचारीहरुलाई दिर्घ सेवा पदकबाट सम्मान गरिएको छ । यसैगरी प्राज्ञ एवं गजलकार बूंद राना न्यू होराइजन श्रष्टा सम्मान २०७६ बाट सम्मानित भएका छन् । राना रुपन्देहीका पुराना साहित्यकार हुन् । विद्यालयको न्यू होराइजन साहित्य परिषदले २०७४ सालदेखि साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका श्रष्टाहरु मध्येबाट हरेक वर्ष एक जनालाई सम्मान गर्दै आएको परिषदका अध्यक्ष हरिप्रसाद पौडेलले बताए । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर १० लाख अक्षयकोषको छात्रबृत्ति वितरण गरेको छ । ४ संस्थालाइ २ लाख ५० हजारका दरले छात्रबृत्ति वितरण गरिएको हो ।
गुल्मी लिम्घामा रहेको सरस्वती मावि, गुल्मीकै रिडी प्रावि, कपिलवस्तु बाणगंगाको पञ्च आधारभूत मावि र बुटवलको इनरह्विल क्लवमा अक्षयकोष स्थापना गरेको हो । कार्यक्रमको अवसरमा प्रदेश सांसद विष्णु पन्थी, पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया