बुटवल । बुटवल क्षेत्रको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया (गाइ र गोरु) व्यवस्थापनको अभियान सुरु भएको छ ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयका अनुसार चैत्र मसान्तसम्म नियमित रुपमा अभियान चल्ने छ । अभियान गोलपार्क, लक्ष्मीनगर चोक, नेपालगञ्ज रोड, दुर्गामन्दिर, भुड्कीचोक, सिद्धेश्वर मैदान, मिलनचोक, नयाँ बसपार्क, कालिका चोक र योगीकुटी चोक लगायतका क्षेत्रमा अभियान संचालन हुने छ । सडकका छाडा चौपाया शिवनगर स्थित गौशालामा राखिने छ ।
प्रतिक्रिया