ताजा अपडेट »

महराको बयान आज पनि जारी रहने, म्याद थपका लागि अदालत लगिँदै

विहीबार, ०८ चैत्र २०८०, ११ : ५४
112 Shares
विहीबार, ०८ चैत्र २०८०
112 Shares

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिँदैछ। 

महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ। यसअघि हिजोदेखि सरकारी वकिलसमक्ष महराको बयान सुरु भएको छ। बयानका लागि हिजो सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको आज पनि बयान जारी रहने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए। 

सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए। उनी हिजो बिहान बयानका लागि अस्पतालबाट निस्किएका थिए भने बयान सकेर पुनः नर्भिक अस्पतालमै भर्ना हुन पुगेका थिए। काठमाडौं जिल्ला अदालतले महरा बिरामी रहेको भन्दै अस्पतालमा राख्न आदेश दिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।