ताजा अपडेट »

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

बुधबार, ०७ चैत्र २०८०, १३ : २९
170 Shares
बुधबार, ०७ चैत्र २०८०
170 Shares

पाँचथर । पाँचथरमा चट्याङले लागेर  एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । 

मंगलबार राति प्रहरी चौकीमा परेको चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको हो । 

ढोका उभिएका बेला परेको चट्याङ लागेर घाइते भएका उनलाई  उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार लगिएको थियो । त्यहाँबाट राति नै थप उपचारका लागि जिल्ला अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

गस्तीमा रहेका बेलामा हावाहुरीसहित पानी परेपछि चौकी फर्किर ढोकामा उभिएका बेला उनीलाई चट्याङ लागेको हो ।  

मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।