ताजा अपडेट »

पूर्वसचिव पत्नीको कामदारद्वारा पिर्काले हानेर हत्या गरेको आशंका

सोमबार, २७ माघ २०७६, १५ : ५७
18 Shares
सोमबार, २७ माघ २०७६
18 Shares

माघ २७,

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने नेपाल प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

ललितपुरको सानेपामा सोमबार बिहान भएको हत्या प्रकरणको अनुसन्धान गर्न अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतले यस्तो आशंका गरे । उनका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको हो । प्रारम्भिक अनुसन्धानले पूर्वसचिवज्यूको मेडमलाई पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको उनले बताए । सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएपछि अर्धचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

उपचारको लागि स्टार अस्पताल लगिएको मुनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् । घटनास्थलमा पुगेको फरेन्सिक विज्ञको टोलीले अहिले अनुसन्धान गरिरहेको छ ।-साझापोष्ट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।