ताजा अपडेट »

अमेरिकी आग्रह अस्विकार गर्दै नेतान्याहुले भने, ‘इजरायल बनाना रिपब्लिक होइन्’

सोमबार, ०५ चैत्र २०८०, १० : २३
104 Shares
सोमबार, ०५ चैत्र २०८०
104 Shares

तेल अहिव ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सैन्य घुसपैठको योजनालाई निरन्तरता दिने जनाएका छन् । आजको सरकारी बैठकमा उनले दोहोर्‍याए कि इजरायलले बाइडेन प्रशासनको अवहेलना गर्दै १.५ मिलियन प्यालेस्टाइनीहरूलाई आश्रय दिदैँ रफाहमा सैन्य कारबाहीको योजनालाइ निरन्तरता दिइनेछ । उनले यो पनि भने कि, ‘इजरायल बनाना रिपब्लिक होइन् ।’ 

प्यालेस्टिनी विदेश मन्त्रालयले भने रफाहमा आक्रमण गर्ने बारम्बार धम्कीलाई नागरिकहरूको सुरक्षामा अन्तर्राष्ट्रिय र अमेरिकी सहमतिको लागि स्पष्ट चुनौती’ को रूपमा रहेको प्रतिक्रिया दिएको छ । नेतान्याहुले सेन चक शुमरले गरेको टिप्पणीको पनि आलोचना गरेका छन । उनले भने, ‘इजरायलमा नयाँ चुनावको लागि आह्वान पूर्ण रूपमा अनुपयुक्त भएको पनि जनाएका छन् । शुमर संयुक्त राज्य अमेरिकामा उच्च श्रेणीका यहूदी अधिकारीका साथै इजरायलको लामो समयदेखि समर्थक हुन्। 

उता, गाजा संकट निवारण र युद्दबिरामका लागि आज दोहामा बार्ता हुने पुनः  सुरु हुने अपेक्षा गरिएको छ । इजरायलको गुप्तचर प्रमुखको नेतृत्वमावार्ताको यो चरण गत हप्ता हमासले राखेको प्रस्तावको प्रत्यक्ष प्रतिक्रिया हो। नयाँ प्रस्तावले तत्काल स्थायी युद्धविरामको आफ्नो मौलिक मागलाई फिर्ता लिएको छ। इजरायलले सुरुमा यसलाई ‘अवास्तविक’ भन्दै खारेज गरेको थियो। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा मृत्यु हुनेको संख्या ३१,६०० नाघेको छ, जसमा कम्तीमा ३० जना कुपोषणका कारण मृत्यु भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।