ताजा अपडेट »

स्कुल पढ्ने बालिका तथा महिलाहरुको अश्लिल भिडियो बनाएको आरोपमा एक युवा पक्राउ

आइतबार, ०४ चैत्र २०८०, १८ : ३२
288 Shares
आइतबार, ०४ चैत्र २०८०
288 Shares

वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिकामा अश्लिल भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन्।

स्थानीयहरूले अहमदले गाउँपलिका क्षेत्र भित्रका सयौको संख्यामा स्कुल पढ़ने बालिकादेखि गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हन्। प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइव बरामद गरेको छ। वैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानीयको आरोप छ।

दोषीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने भन्दै स्थानीय युवाहरूले टायर बालेर प्रर्दशन गर्नुका साथै बजार बन्द गराएका छन्। स्थितिलाई नियन्त्रणमा लिनका लागि इप्रका पोखरीया, बिओपी भिस्वाकाे परिचालन गरिएकाे छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।