गुल्मी । गुल्मीका चर्चित गायक रामचन्द्र चन्दले सर्वोउत्कृष्ट लोक गायकको अवार्डबाट सम्मानित भएका छन् । काठमाण्डौस्थित विन्ध्ववासिनी म्युजिक अवार्डको १४ औं संंस्करणका अवसरमा गायक चन्दलाई सर्वोत्कृष्ट लोक गायकका रुपमा अवार्ड प्रदान गरिएको हो ।
गायक चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीतका कारण अवार्ड चुम्ने अवसर पाएका हुन् । गुल्मीको मदाने गाउँपालिका १ अग्लुड्ड निवासी चन्द पाल्पामा रेडियोकर्मीका रुपमा उदाएर गायन क्षेत्रमा प्रवेश गरेका थिए । चन्दले पहिलो गीत माया साह्रै छ २०६३ सालमा बजारमा ल्याएका थिए । त्यस यता अनवरत सांङ्गेतिक क्षेत्रमा जमेका उनि विकाउ गायकहरु मध्येका एक मानिन्छन ।
ग्रामिण भेगको मौलिकता टपक्क टिप्ने चन्दलाई स्थानीय भाषा संस्कृति गीत–संगीत मार्फत संरक्षण प्रवर्द्धन गरी नेपाली लोक दोहरी गीतको क्षेत्रमा योगदान पुराए बापत म्युजिक अवार्ड २०८० ले सर्वोत्कृष्ट लोक गायकका रुपमा सम्मान गरिएको आयोजकले जनाएका छन । हालसम्म दुई सय बढी गीत बजारमा ल्याएका चन्दका यस अघिका चरी रुखैमा, भिरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, भुल्दै भुल्दै जानु , आमा, अँध्यारो, तीन फुर्के डोरी, फुल फुल्यो केशरी, मेची महाकाली लगायतका गीतहरु चर्चामा छन् । गुल्मीको शान बोलको गीत गुल्मेलीहरुको सधै साँच्ने सम्पत्ती बनेको छ ।
वर्तमानका सामाजिक घटनाहरुलाई जीवन्त रुपमा शब्द भरेर गायक चन्दले घाँटी रेट्नलाई बोलको गीत बजारएमा ल्याएका छन् । उक्त गीतमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । त्रिभुवन विश्व विद्यालयबाट समाज शास्त्रमा स्नातक गरेका उनले प्राप्त अवार्डबाट हालसम्म गरेको साँगेतिक कर्मको मुल्याङन भएको भन्दै खुसी व्यक्त गरे ।
सो अवसरमा वरिष्ठ गायिका मिरा राणालाई लाईफटाईम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । त्यस्तै चर्चित गायिका जुना श्रीस मगर उत्कृष्ट गायिकाका रुपमा पुरस्कृति भएकी छन् । अन्य गायक गायिकाहरु पनि विभिन्न विधामा पुरस्कृत भएका छन् ।
प्रतिक्रिया