ताजा अपडेट »

रुपन्देही सुपर लिग : रुपेशले एक्लै ८ विकेट लिँदा शंकरनगरको जित

आइतबार, ०४ चैत्र २०८०, १७ : २८
290 Shares
आइतबार, ०४ चैत्र २०८०
290 Shares

भैरहवा । ‘रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को आइतबारको खेलमा रुपेश बश्यालको घातक बलिङ र महेन्द्र सुवेदी क्षेत्रीको विस्फोटक ब्याटिङमा शंकरनगर क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबमाथि शानदार जित निकालेको छ । शंकरनगरले साई ग्लोबललाई १ सय ६० रनले पराजित गर्दै सहज जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २ सय ४६ रनको बलियो योगफल बनायो । उसका लागि महेन्द्र सुवेदी क्षेत्रीले ७८ बलको सामना गर्दै ८५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, दर्शन रानामगरले ३३, विवेक भण्डारीले २६, हिर्तिक पुनले २२ तथा सुलभ ढुंगानाले नटआउट ११ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका अलदीप क्षेत्रीले ४, राहुल थापा र अविजित ज्ञवालीले २–२ तथा अभिषेक कोहाँर र अब्दुल नदीम शेषले १–१ विकेट लिए ।

जावाफी ब्याटिङ गरेको साई ग्लोबल २३ ओभर ५ बलमा ९६ रन बनाउँदै अलआउट भयो । उसलाई सस्तैमा रोक्न शंकरनगरका रुपेश बस्यालले ७.५ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ८ विकेट लिए । सुगरलिग इतिहासमा एउटै खेलमा कुनै खेलाडीले यति धेरै विकेट लिएको यो पहिलो पटक हो । यस्तै, महेन्द्र सुवेदी क्षेत्रीले २ विकेट लिन सफल भए । साई ग्लोबलका राहुल थापाले ३५ र विन्दराम यादवले २१ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा ८ विकेट लिएका शंकरनगरका रुपेश बस्याल म्यान अफ द म्याच घोषित भए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।