ताजा अपडेट »

बुटवलको सुप्रिम सहकारी ठगीमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अनुमति

आइतबार, ०४ चैत्र २०८०, १७ : १२
348 Shares
आइतबार, ०४ चैत्र २०८०
348 Shares

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार रुपन्देही जिल्ला अदालतले उनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले ग्लोबल आवाजलाई जानकारी दिए ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रबार साँझ काठमाडौँमा पक्राउ गरेको थियो। उनलाई प्रहरीले शुक्रबार राति नै बुटवल ल्याएको थियो । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् । इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रहरील यसअघि नै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईं पक्राउ गरि अनुसन्धान गरिरहेको छ । उनीहरुको बयानका आधारमा पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए । 

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ । 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।