ताजा अपडेट »

पोखरालाई आज औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिँदै

आइतबार, ०४ चैत्र २०८०, ०८ : ४३
116 Shares
आइतबार, ०४ चैत्र २०८०
116 Shares

पोखरा । पोखरालाई आज औपचारिक रूपमा देशको पर्यटकीय राजधानी घोषणा गरिँदैछ।  फेवातालको किनार बाराहीघाटमा एक कार्यक्रमका बीच पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै पोखरा पुगिसकेका छन्।कार्यक्रममा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्‍याली निकालिनेछ।

महानगर प्रमुख धनराज आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।