ताजा अपडेट »

प्रधानमन्त्रीले बोलाए सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक

शुक्रबार, ०२ चैत्र २०८०, १४ : २१
80 Shares
शुक्रबार, ०२ चैत्र २०८०
80 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।