ताजा अपडेट »

सामुदायिक वन अधिकार सुनिश्चितता विषयमा  परामर्श तथा अन्तरक्रिया

विहीबार, ०१ चैत्र २०८०, १५ : ४७
106 Shares
विहीबार, ०१ चैत्र २०८०
106 Shares

बुटवल । सामुदायिक वन उपभोक्ता महासंघ, तिनाउको आयोजनामा नेपालमा सामुदायिक वन अधिकार सुनिश्चितता विषयमा सहभागितामूलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रियात्मक कार्यक्रम   तिनाउ गाउँपालिका,दोभानको सभाहलमा बिहिवार सम्पन्न भएको छ। 

उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका पूर्वकेन्द्रीय अध्यक्ष एवम् बाग्मति प्रदेश सभाका सदस्य माननीय भारती पाठकले कार्यक्रमको उद्घाटन गर्दै वन,वातावरण तथा जैविक विविधता संरक्षण र सम्बर्द्धनका लागि स्थानीय वन उपभोक्ताहरुलाई सशक्तिकरण गर्दै लैजान आवश्यक रहेको बताईन् । नेपालको राजनीतिक आन्दोलनमा वनका उपभोक्ताहरुको सक्रियता कमजोर नभएको बताईन् ।

वातावरण जोगाउँदै वनलाई सन्तानका रुपमा लिनुपर्नेमा उनको जोड थियो । वनलाई जोगाउँदै आम्दानी र संरक्षणमा उपभोक्ताहरु क्रियाशील हुनुपर्नेमा जोड दिईन । वैदेशिक रोजगारमा जानेहरुलाई वनस्रोतको प्रयोग गरि स्थानीयस्तरमै वन(उद्यम सञ्चालन र रोजगारीमा ध्यान दिनुपर्ने उनले बताईन्। अधिकारको क्षेत्रमा वन उपभोक्ता महासंघलाई गतिशील बनाउँदै लैजानुपर्नेमा जोड दिदै उपभोक्ताहरुलाई स्थानीय सरकारसँग जोडेर लैजानु पर्ने बताईन् । 

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा वनले ठूलो भूगोल ओगटेको भएता पनि आम्दानीका रुपमा राजस्व असुली कमजोर रहेको बताए । उनका अनुसार सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वन समन्वय समिति तिनाउले वन,वातावरण र जैविक विविधता संरक्षणमा टेवा पुराउँदै गएको बताए । स्थानीय वन उपभोक्ता र गाउँपालिकाबीच सहकार्य अनिवार्य रहेको समेत उनले प्रष्ट पारे ।  कार्यक्रममा वन उपभोक्ता महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले वनलाई सहि सदुपयोग गर्न सकिएमा समृद्धिको गोरेटोमा लम्किन सकिने बताए । वन(उद्यम सञ्चालनका लागि सबै सक्रिय हुनुपर्ने बताए । लुम्बिनी प्रदेश वन उपभोक्ता महासंघका अध्यक्ष कल्पना भण्डारीले तिनाउका सामुदायिक वनमा जडिबुटी र विविध आम्दानीका स्रोत रहेपनि प्रयोगका रुपमा कमजोर रहेको बताईन् । 

अन्तरक्रियात्मक कार्यक्रममा  सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङ, चिरीडाँडा सावउसका अध्यक्ष,देव पौडेल,भूतखोला सावउसका अध्यक्ष दिलकुमारी रोका,आदर्श महिला सावउसका सचिव नारायणी पाण्डेय लगायतले वन ऐन जनमुखी हुन नसकेको,वन(उद्यम सञ्चालनमा समस्या भएको,वनले आम्दानी बढाउने काममा खासै चासो दिन नसकेको, राज्यले वन व्यवसायीहरुलाई सहजतापूर्वक काम गर्न नदिएको गुनासो गरेका छन् । 

समूहले वन संरक्षण गरेवापत वनको मात्रा त बढ्यो तर वन्यजन्तुका कारण मानवीय क्षति पुग्दै गरेको र बालीनालीमा समस्याहरु थपिदै गएको सहभागीहरुले बताए । वनलाई आयआर्जनसँग नजोडिएमा थप समस्या बढ्ने सहभागीहरुले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ,तिनाउका अध्यक्ष गोविन्द पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन दुर्गा श्रेष्ठले गरेकी थिईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।