ताजा अपडेट »

माओवादी स्थायी समिति बैठक भोलीका लागि सर्‍यो

विहीबार, ०१ चैत्र २०८०, १० : ३६
78 Shares
विहीबार, ०१ चैत्र २०८०
78 Shares

काठमाडौं । आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरको छ ।गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो । 

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलीका लागि सारिएको हो । अब सो बैठक भोली पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । 

सो स्थायी समिति बैठकमा विधान अधिवेसनवाट अनुमोदन बिधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।